छिमेकी भारत बन्यो सार्कराष्ट्रमै सबैभन्दा बढी संक्रमितको मुलुक, पछिल्लो २४ घण्टाको अपडेट



१६ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ ।

एकैदिन १ हजार ५ सय ६१ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ हजार ४ सय ५१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ७ हजार १ सय ३७ जना उपचारपछि निको भएका छन् भने २१ हजार ३ सय ७५ जनाको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्