काठमाडौंबाट मजदुर बोकेर उदयपुर जाँदै गरेको बा ३ ख ४०३६ बस दुर्घटना, एकको घटनास्थलमै मृत्यु,  थप विवरण आउन बाकी



१३ बैशाख २०७७, काठमाडौं

काठमाडौंबाट अलपत्र परेका मजदुर तथा विद्यार्थी बोकेर उदयपुर जाँदै गरेको बा ३ ख ४०३६ नम्बरको बस वीपी राजमार्ग अन्तर्गत वर्दिवास नगरपालिकाको पोटु चोक नजिकै दुर्घटना भएको छ । दुर्घटनामा बसका सहचालक दोलखाका बाबुराम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटना पछि बसका चालक फरार रहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए ।

बसमा ३५ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्