थुलुङ दुधकोशीले ३०० जना आफ्ना नागरिकलाई काठमाडौंबाट गाउँसम्म पुर्‍याउँदै !



१२ वैशाख २०७७, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले शुक्रबार (आज) साँझ ३०० जना आफ्ना नागरिकलाई राजधानी काठमाडौंबाट गाउँतर्फ लाने भएको छ ।

काठमाडौं उपत्यकामा आपत्मा परेका तथा गाउँ फर्कन चाहने गाउँपालिकावासीहरुलाई आज साँझ ७ः३० बजे १० वटा मिनिबसमार्फत् गाउँतर्फ पठाइने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

साँझ ६ बजेपछि यात्रुहरुको समन्वयका लागि आफैँ चाबहिल-कोटेश्वर सडक खण्डमा रहने बताउँदै अध्यक्ष राईले गाउँपालिकाले बनाएको नियमलाई पूर्ण रुपमा पालना गर्न सबै यात्रुहरुमा आग्रह गरेका छन् ।
⇒ काठमाडौंलगायत बाहिरी जिल्लामा आपत्मा परेका गाउँपालिकावासीको उद्धार गर्दै थुलुङ दुधकोशी
आज गाउँतर्फ जानेहरुमा गाउँपालिकाको लोखिम, देउसा तथा मुक्ली र कांगेलबाट काठमाडौं आइ ज्याला मजदूरी गर्नेसँगै विद्यार्थीहरु रहेका छन् ।

गाउँपालिकाले यसअगाडि नै काठमाडौंमा बसेर आपत्मा परेका तथा गाउँ फर्कने चाहनेहरुको विवरण संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्