विश्वभर विधंश मच्चाउदै कोरोना, ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४२२ नाघ्यो, कुन देशमा कती ? (अपडेट)



१२ बैशाख २०७७, काठमाडौं

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४२२ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २७ लाख १५ हजार ६१४ पुगेको छ । संक्रमितमध्ये ७ लाख ४५ हजार ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १७ लाख ८० हजार १४७ जनाको उपचार भइरहेको छ । जसमध्ये ५८ हजार ६७८ जनाको अवस्था गम्भीर छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ८३ हजार ८२९ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार ३५६ जनाको ज्यान गएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय १० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४९ हजार ७ सय ६९ बढी  पुगेको छ । एकैदिन ३० हजार ७ सय १३ बढी जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ७९ हजार ४ सय ३० बढी पुगेको छ । संक्रमितमध्ये १४ हजार ९ सय ९७ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ जार ६ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा ४६४ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ भन्दा धेरै पुगेको छ । त्यस्तै इटालीमा संक्रमित हुनेको संख्या १ लाख ८९ हजार ९७३ पुगेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६३८ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १८ हजार ७३८ पुगेको छ । एकै दिन ४ हजार ५८३ बढी जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३८ हजार ७८ पुगको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४४० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या २२ हजार १५७ पुगेको छ । स्पेनमा २ लाख १३ हजार २४ संक्रमित छन् ।

त्यस्तै फ्रान्समा पछिल्लो २४ घण्टामा ५१६ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या २१ हजार ८५६ पुगेको छ भने १ लाख ५३ हजार १२९संक्रमित छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ सय २१ पुगेको छ । एकैदिन १ हजार ६ सय ६९ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २३ हजार ३९ बढी पुगेको छ । त्यस्तै संक्रमितमध्ये ५ हजार १२ जना उपचारपछि निको भएका छन् भने १७ हजार ३ सय ६ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्