के अब छिमेकी मुलुक भारत बन्दैछ कोरोना महामारीको केन्द्रबिन्दु ? संक्रमण तिब्र रुपमा बढ्दो (अपडेट)



१२ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ सय २१ पुगेको छ ।

एकैदिन १ हजार ६ सय ६९ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २३ हजार ३९ बढी पुगेको छ । त्यस्तै संक्रमितमध्ये ५ हजार १२ जना उपचारपछि निको भएका छन् भने १७ हजार ३ सय ६ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्