अमेरिकामा आज पनि घटेन मृत्यु, आधा लाखको चिहान बनिसक्यो (अपडेट)



१२ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय १० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४९ हजार ७ सय ६९ बढी  पुगेको छ ।

एकैदिन ३० हजार ७ सय १३ बढी जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ७९ हजार ४ सय ३० बढी पुगेको छ । संक्रमितमध्ये १४ हजार ९ सय ९७ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ जार ६ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्