नेपालेडाँडामा राहत वितरण, विपन्न वर्गमा खुशीयाली



११ वैशाख २०७७, भोजपुर/एटम

जिल्लास्थित षडानन्द नगरपालिका १ नेपालेडाँडामा पहिलो चरणको राहात वितरण गरिएको छ ।

अति विपन्न वर्गका करिब २०० भन्दा बढी परिवारहरुलाई नगरपालिकाको सहयोगमा उक्त राहत वितरण गर्दा सबै हार्षित बनेका छन् । प्रती परिवार एक किलो नुन एक लिटर खाने तेल र परिवार सङ्ख्याको आधारमा १५ किलो र ३० किलो चामल वितरण गरिएको छ ।

परिवार सङ्ख्या २ सम्म हुनेलाई एक किलो नुन एक लिटर खाने तेल र १५ किलो चामल वितरण गरिएको थियो भने परिवार सङ्ख्या २ भन्दा माथी हुनेलाई एक किलो नुन एक लिटर खाने तेल र ३०” किलो (एक बोरा) चामल वितरण गरिएको थियो ।

८०० भन्दा बढी घरधुरी भएको नेपालेडाडामा पहिलो चरणको कार्यक्रम अन्तर्गत अति विपन्न वर्गका परिवारलाई मात्र पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिएको वडा अध्यक्ष रामेश्वर भण्डारीले बताए ।

पहिलो चरणको राहत वितरण कार्यक्रममा छुटेका अथवा नपरेका विपन्न वर्गका परिवारहरुलाई दोस्रो चरणको कार्यक्रममा समेटिने पनि अध्यक्ष भण्डारीले बताए ।

विश्व महामारीको रुपमा फैलिएको कोभिट १९ अर्थात कोरोना भाइरसको कारण १ महिना देखि पुरै राष्ट्र लकडाउनको मारमा गुज्रिरहेको  अवस्थामा नगरको पहलमा आफ्नो नगरबासीको निम्ति प्रत्येक वडामा राहत वितरण कार्यक्रम अगाडि बढाइएको नगर प्रमुख विरबल राईले जानकारी गराएका छन् ।

नगरले यस अगाडि पनि आफ्नो नगरको १४ वटै वडामा साबुन वितरण गर्दै कोरोना विरुद्धको जनचेतना र सचेतना कार्यक्रम गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्