काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापमा दुर्घटना



१० बैशाख २०७७, काठमाडौं

काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६ मा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका छन् ।

बसमा ३९ जना सवार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइतेहरको अवस्था मध्यम रहेको जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्