छिमेकी भारतमा कोरोना महामारी तिब्र , पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च मृत्यु



१० बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

एकैदिन १ हजार ५ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २० हजार ८० बढी पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन् भने १५ हजार ४ सय ६० जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्