मृत्युको देश बनेको अमेरिकाबाट आयो डरलाग्दो तथ्यांक, पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च मृत्यु (अपडेट)



१० बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार  ७ सय १५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४५ हजार २ सय २९ बढी  पुगेको छ ।

एकैदिन २४ हजार ४ सय २८ बढी जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख १७ हजार १ सय ८७ बढी पुगेको छ । संक्रमितमध्ये १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ भने ८२ हजार ८ सय ६० जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्