राहत लुटपाटको अभियोगमा पक्राउ



०७ वैशाख २०७७, काठमाडौं

पर्सागढी नगरपालिका ५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको अभियोगमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा सोही टोल बस्नेहरु २८ वर्षीय श्याम कुमार शर्मा, १८ वर्षीय सम्सुल हवारी, २२ वर्षीय चन्र्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेका छन् ।

राहतका सामग्रीहरु समेत लुटपाट लगेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्