
०६ वैशाख २०७७, काठमाडौं
सडकमा पैसा फ्याँकेर त्रास फैलाउने दुई महिला पक्राउ परेका छन् ।
उनीहरु जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरबाट पक्राउ परेका हुन् । उनीहरुले जनकपुरको महावीरचोक सडकमा पैसा फ्याँकेर भागेका कारण त्रास फैलिएको थियो ।
उनीहरुमाथि कोरोना भाइरस फैलाउन पैसा फालेको भन्ने आरोप थियो । त्यसपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
⇒ सडकमा यत्रतत्र पैसा छरेर दुई महिला गायब, कोरोना फैलन सक्ने भन्दै स्थानीयवासी त्रसित
उनीहरुले शुक्रबार महावीर चोकमा पैसा फालेर भागेका थिए। प्रहरीले शुक्रबार साँढे १२ बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान अगाडी बढाएको थियो ।
|तस्वीरमा महावीरचोक स्याजीटाइज् गर्दै प्रहरी। श्रोतः|





