
०५ वैशाख २०७७, काठमाडौं
संखुवासभाको भोटखोला गाउँपालिकाका युवा नेतृत्व छितेन भोटे तथा हिमालय भोटे समाजका अध्यक्ष जयबाबु भोटेको पहलमा काठमाडौंमा अस्थायी बसोबास गर्ने भोटखोलावासीहरुलाई राहत वितरण गरिएको छ ।
शुक्रबार (आज) युवा नेतृत्व भोटेको विशेष पहलमा उक्त राहत भोटखोला गाउँपालिकाबाट काठमाडौं आएर अस्थायी बसोबास गरिरहेका विपन्न वर्ग, विद्यार्थी, एकल महिना तथा दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने भोटखोलावासीहरुको लागि राहत वितरण गरिएको हो ।
कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारद्वारा निर्देशित बन्दाबन्दी (लकडाउन्)ले निम्त्याएको समस्यालाई मध्यनजर गरेर आफूहरुले राहत वितरण गरेको युवा नेतृत्व भोटेले जानकारी दिए ।
“हामीले ‘लकडाउन्’लाई नै मध्यनजर गरेर राहत वितरण गरेका हौं ।” युवा नेतृत्व भोटेले परिवर्तन खबरसँग भने, ‘हामीले विशेषगरीः भोटखोलाबाट काठमाडौं आएर अस्थायी बासोबास गर्नेहरुलाई १५६ बोरा चामल वितरण गरेका छौं ।’
यस्तै उनले सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद समेत दिएका छन् ।
सहयोगी दाताहरुको नामावलीको लागि यहाँ क्लिक गर्नुहोस् ।





