नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित, ३० पुग्यो संक्रमितको संख्या



०५ वैशाख २०७७, काठमाडौं

नेपालमा शुक्रबार (आज) नै १४ कोरोना संक्रमितहरु फेला परेका छन् ।

उदयपुरमा १२ र चितवनमा २ नेपालीमा कोरोना संक्रमण पुष्टि आज भएको हो । उनीहरुमध्ये केही भारतीय हुन् भने २ जना चितवनको राप्ती नगरपालिका ८ का हुन् । उनीहरु आमा छोरो रहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । यसमा १ जनाले भने पूर्ण स्वास्थ्य लाभ लिइसकेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्