प्रहरीको क्रूरता : औषधि किनेर फर्किएकामाथि सोझिए तीन लाठी [भिडिओ]



०५ वैशाख २०७७, काठमाडौं

‘लकडाउन्’का बेला प्रहरी ज्यादतीका घटना बढेको बढ्यै छन् ।

बाहिर निस्कनेहरुलाई सम्झाउँदै आएको प्रहरीले तेश्रो पटक ‘लकडाउन्’को समय लम्बिएसँगै थप कडाई गर्न थालेको छ । यसैबीच गत बुधबार बेलुका मात्रै त्रिवि शिक्षण अस्पताल तथा बाल कान्ति अस्पतालका तीन चिकित्सकमाथि अस्पताल कार्ड देखाउँदा देखाउँदै लाठी चार्ज गरेको प्रहरीले बिहीबार (हिजो) बेलुकी औषधि किनेर फर्किएका तीन जनामाथि पनि लाठी चार्ज गरेको छ ।

साँझ सवा ५ बजेतिर कलंकी चोक र कलंकी मन्दिरबीचमा औषधि किनेर फर्किरहेका तीन जनालाई प्रहरीले लाठी चार्ज गरेको भिडिओ अहिले भाइरल बनेको छ ।

औषधि किनेर फर्किएको भन्दाभन्दै प्रहरीले अभद्र व्यवहार गरेपछि उनीहरूले ‘तपाईँहरुले यसो गर्नु मिल्दैन’ भनेर भनेका भिडिओमा सुन्न सकिन्छ । दुई जना महिलाका साथमा रहेका एक पुरुषमाथि प्रहरीले लाठी भाँच्चिने गरी हानेका छन् ।

सरकारले अत्यावश्यक सेवा सुचारु हुने गरी ‘लकडाउन्’ घोषणा गरेको समयमा औषधि किन्न नपाउनु र औषधि बोकेका नागरिकमाथि लाठी चार्ज गर्नु अमानवीय व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा प्रहरीको तीव्र आलोचना भइरहेको छ ।

भिडिओ

|भिडिओ श्रोतः हेल्थपाटी|

प्रतिक्रिया दिनुहोस्