विश्वभर कोरोना आतंक, थपिदै संक्रमित, बढ्दै मृत्यु (अपडेट)



०५ बैशाख २०७७, काठमाडौं

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या१ लाख ४५ हजार ५०७ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २१ लाख ८१ हजार ७५८ पुगेको छ । संक्रमितमध्ये ५ लाख ४७ हजार ६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १४ लाख ८९ हजार १८२ जनाको उपचार भइरहेको छ । जसमध्ये ५६ हजार ६०२ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय ५९ जना बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२  पुगेको छ । एकैदिन २९ हजार १ सय ७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १ सय ८० बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ३ सय ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ५७ जार ५ सय ८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ९२० पुगेको छ । फ्रान्समा हिजोको तुलनामा आजको मृत्यु  घटेको हो  । हिजो १४ सय बढीले ज्यान गुमाएका थिए । एकै दिन १७ हजार १६४ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार २७ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये ३२ हजार ८१२ जना उपचारपछि निको भएका छन् भने ६ हजार २४८ जनाको अवस्था गम्भीर रहेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ । एकै दिन ४ हजार ६१७ जना संक्रमित भएसँगै संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगको छ । बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्