कोरोनाले काहालीलाग्दो बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा पनि सोचेभन्दा बढी मृत्यु



०५ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय ५९ जना बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२  पुगेको छ ।

एकैदिन २९ हजार १ सय ७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १ सय ८० बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ३ सय ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ५७ जार ५ सय ८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्