महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइयो



०३ वैशाख २०७७, काठमाडौं

महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

ड्यूटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि कुटपिट गरेको आरोप लागेपछि उनलाई वृतको प्रमुखबाट हटाइएको हो ।

उनलाई महानगरीय प्रहरी कार्यालयमा तानिएको एसएसपी श्यामलाल ज्ञवालीले विज्ञप्तिमार्फत् जनकारी जानकारी दिइएको छ । हिजो (बुधबार) साँझ ड्यूटी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास साहमाथि कुटपिट गरेको आरोप प्रहरीमाथि छ ।

घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।
→निर्दयी प्रहरी ‘अस्पताल कार्ड देखाउँदा देखाउँदै कुटिए तीन चिकित्सक’
समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् । यसअघि नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले चिकित्सकमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै विज्ञप्ति जारी गरेको थियो ।

विज्ञप्तिमा छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । कारबाही प्रक्रिया अगाडि नबढाए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्