छिमेकी मुलुक भारतबाट आयो पछिल्लो २४ घण्टाको अपडेट, महामारी तिब्र रुपमा बढ्दै



०३ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३९३ पुगेको छ ।

एकैदिन १ हजार ३४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ११ हजार ४८७ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १ हजार ३५९ जना उपचारपछि निको भएका छन् भने ९ हजार ७३५ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्