अमेरिकामा स्थिती नियन्त्रण बाहिर, पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च मृत्यु (अपडेट)



०३ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४९ जना बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २५ हजार ९ सय ८९ पुगेको छ ।

एकैदिन २५ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख १२ हजार ३ सय बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ भने ३८ जना ७ सय २१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्