वीरगञ्जमा मस्जिदमा लुकेर बसेका भारतीयसहित २६ जना नियन्त्रणमा



३० चैत्र २०७६, काठमाडौं

वीरगञ्जको एक मस्जिदमा लुकेर बसेका भारतका १९ मुस्लिम जमाती (धर्म प्रचारक)सहित थप २६ जना पक्राउ परेका छन् ।

प्रहरीले शनिबार (हिजो) साँझ नियन्त्रणमा लिएको २६ मध्ये भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती , वीरगञ्जका ३ जना मौलाना (मुस्लिम धर्मगुरु) र भारतबाट पाहुना आइ बसेका ४ जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका उनीहरुलाई वीरगञ्जको श्रीपुरस्थित सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले बताइन् ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वीर्ताको प्रहरी टोलीले छपकैयाको मस्जिदबाट ११ र घुसुकपुरको मस्जिदबाट १५ गरी २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीको स्कटिङमा क्वारेन्टाइनमा पुर्‍याएको उनले बताइन् ।

यसअघि गत शुक्रबार साँझ छपकैयाकै मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमातीमा कोरोना संक्रमणको भएको आशंका गरिएको छ ।

|तस्वीरमा धर्मप्रचारक। श्रोत|

प्रतिक्रिया दिनुहोस्