निजी स्कूललाई शुल्क छुट गर्न निर्देशन



२९ चैत्र २०७६, काठमाडौं

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत महिनाको शिक्षण शुल्क छुट गर्न निजी स्कूलहरुलाई निर्देशन दिएको छ ।

कक्षा १२ सम्मको एक महिनाको आवास बाहेकको अन्य सबै शुल्क मिनाह गर्न केन्द्रले निजी स्कूलहरुलाई निर्देशन दिँदै पत्राचार गरेको छ । ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै केन्द्रले चैत महिना भित्र शुल्क मिनाहा गर्न ताकेता गरेको हो ।

गत १६ चैत्रको मन्त्रिपरिषद् बैठकले निजी स्कूलले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने निर्णय गरेको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्