मस्जिदमा भीड नगर्न अनुरोध गर्दा प्रहरीमाथि जाइलाग्ने तीन जना पक्राउ



२८ चैत्र २०७६, काठमाडौं

रौतहटस्थित एक मस्जिदमा ‘लकडाउन्’को अवधिमा भीडभाड नगर्न अनुरोध गर्दा उल्टै प्रहरीमाथि नै हातपात गर्ने तीन जना पक्राउ परेका छन् ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा बिहीबार (हिजो)साँझ रौतहटको परोहा नगरपालिकामा रहेको तेजापाकड मस्जिदमा भीडभाड नगर्नु भनी सम्झाउन गएका असइ मुनमुन सिंहमाथि त्यहाँका केही मुस्लिम युवाहरुले हातपात गरेका थिए ।
भीड हटाउन खोज्दा प्रहरीमाथि हातपात
असई सिंहमाथि हातपात गरेको अभियोगमा मस्जिदबाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा परोहा नपा–३ २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय आलु अन्सारी रहेको रौतहट प्रहरीले जनाएको छ ।

नेपालमा कोरोना संक्रमण देखिएसँगै सरकारले भीडभाड नगर्न आग्रह गरेको छ ।

|तस्वीरमा नमाज पढ्दै मुस्लिमहरु। फाइल तस्वीर |

प्रतिक्रिया दिनुहोस्