बागलुङकी कोरोना संक्रमित युवतीको गुनासो ‘डाक्टर उपचार गर्नै आउदैनन्’



२८ चैत २०७६, काठमाडौं

धौलागिरी अस्पतालमा उपचाररत बागलुङकी १९ वर्षीय कोरोना संक्रमित युवतीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग डाक्टरहरु फोनमा मात्रै  कुरा गर्ने गरेको तर उपचारमा नआएको गुनासो गरेकी छन् ।

संक्रमित युवतीसँग टेलिफोन कुराकानीमा मुख्यमन्त्री गुरुङले उनलाई आश्वासन दिदै आत्मवल दह्रो बनाउन र अस्पतालमै बस्न हौसल्ला दिएका छन् । उनले झोलिलो कुरा खान तथा पटक/पटक तातोपानी पिउन सुझाव दिदै डाक्टरले उपचारमा किन नगएको भनि बुझ्ने र प्रभावकारी उपचारको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

बेल्जियमबाट कतार हुँदै काठमाडौंबाट बाग्लुङ पुगेपछि परीक्षणको क्रममा ती युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्