कोरोनासँगको महायुद्धमा एसियाली मुलुक, सबैभन्दा बढी मृत्यु इरानमा, भारत पाँचौ नम्बरमा



२८ चैत २०७६, काठमाडौं

एसियाली मुलुकमा कोरोनाका कारण सबैभन्दा बढी इरानमा ४ हजार ११० जनाको मृत्यु भएको छ । त्यसैगरी चीनमा ३ हजार ३३५ जनाको मृत्यु भएको छ भने टर्कीमा ९ सय ८ जनाले ज्यान गुमाएका छन् ।

इन्डोनेसियामा २८० जनाले ज्यान गुमाउँदा भारतमा २२७ जनाको मृत्यु भएको छ । भारत एसियाली मुलुकमा सबैभन्दा बढी ज्यान गुमाउनेको सूचीको पाँचौ नम्बरमा रहेको छ ।

पाकिस्तानमा ६५ जनाको मृत्यु भएको छ भने श्रीलंकामा ७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्