विश्वभर कोरोना आतंक, थपिदै संक्रमित, बढ्दै मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



२८ चैत २०७६, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा  ७ हजार २३४ ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा ८५ हजार १० नयाँ संक्रमित फेला थपिएसँगै कोरोना भाइरस संक्रमितको संख्या संक्रमितको संख्या १६ लाख ३ हजार ४२८ पुगेको छ ।

संक्रमितमध्ये ३ लाख ५६ हजार ४४० जना उपचारपछि घर फर्किएका छन् भने ११ लाख ५१ हजार २७४ जना उपचारका लागि अस्पताल तथा आइसोलेसनमा छन् । त्यस्तै ४९ हजार १२५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाको सबैभन्दा तीव्र संक्रमण अमेरिकामा छ ।अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९०० बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ ।त्यस्तै एकैदिन ३३ हजार ५३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ । संक्रमितमध्ये २५ हजार ९२८ जना उपचारपछि निको भएका छन् । १० हजार ११ जनाको अवस्था गम्भीर रहेको छ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४४७ पुगेको छ ,भने ५ हजार २ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार २२२ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ५२ हजार १६५ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ६१० जनाको उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७९९जना संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७ सयभन्दा बढी पुगेको छ । त्यस्तै संक्रमितमध्ये २३ हजार २०६ जना उपचारपछि निको भएका छन् । ७ हजार ६६ जनाको अवस्था गम्भीर रहेको छ भने ८२ हजार ३३३ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २७ पुगेको छ । भारतमा संक्रमित हुने संख्या ६ हजार ७ सय २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्