के छ नेपालका कोरोना संक्रमितको पछिल्लो स्थिती?, अपडेट



२८ चैत २०७६, काठमाडौं

नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ । एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

संक्रमित उपचाररत अस्पतालका चिकित्सकले कोरोना संक्रमण भएकाहरु निको हुने क्रममा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

चिकित्सकले पर्याप्त सतर्कता अपनाउन भने सबैमा आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइसोलेसन वार्डमा उपचाररत आठै जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्