२७ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)को सम्भाावित जोखिमलाई मध्यनजर गर्दे बन्द गरिएको तातोपानी नाका ‘हेल्थ डेस्क’को स्थापनापछि खोलिएको छ ।
नाका विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’को स्थापनापछि बुधबार (हिजो) साँझमा खोलिएको हो । यसैबीच नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन् ।
नाका प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच छलफलपछि तीन बुँदे निर्णय गरी सुरक्षित रूपमा खोलिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।
नाका गत १३ माघबाट बन्द गरिएको थियो ।
|तस्वीरमा नाका। फाइल तस्वीर|





