छिमेकी मुलुक भारतमा कोरोना महामारी तिब्र रुपमा बढ्दो, पछिल्लो २४ घण्टाको अपडेट



२६ चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ ।

एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३३१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएका छन् भने ४ हजार ७७० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्