अमेरिकामा स्थिति झन् भयावह, एकै दिन गयो १ हजार ९ सय ३४ बढीको ज्यान, जुन अहिलेसम्मकै उच्च मृत्यु



२६ चैत्र २०७६, काठमाडौँ

अमेरिकामा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९३४ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १२ हजार ८ सय ५ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९५ हजार ७ सय ३९ पुगेको छ ।संक्रमितमध्ये २१ हजार ६७४ जना उपचारपछि निको भएका छन् । ९ हजार १ सइ ६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ ।

प्रतिक्रिया दिनुहोस्