कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित



२५ चैत्र २०७६, काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ ।

आज (मंगलबार) बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)का कारण परिक्षा स्थगित गरिएको बोर्डका उपाध्यक्ष महेशप्रसाद दाहालले जानकारी दिए ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गते तथा कक्षा ११ को २१ देखि गर्ने निर्णय गरेको थियो ।

|तस्वीरमा परीक्षा बोर्डको कार्यालय। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्