‘लकडाउन्’ उल्लंघन गर्नेलाई सिधै गोली ठोक्न राष्ट्रपतिको आदेश



२५ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)ले विश्वव्यापी रुपमा निम्त्याएको समस्याका कारण अहिले विश्वका थुप्रै देशहरुमा ‘लकडाउन्’घोषणा गरिएको छ ।
आफू, परिवार र सिंगो मुलुकको सुरक्षाका लागि भन्दै ‘लकडाउन्’ लागू गरिएको छ । ‘लकडाउन्’को समर्थन र उल्लंघनका थुप्रै घटनाहरु बाहिर आइरहेका छन् ।

तर, फिलिपिन्समा ‘लकडाउन्’बारे अलिक छुट्टै व्यवस्था गरिएको छ । त्यहाँ ‘लकडाउन्’को उल्लघंन गरे सिधै गोली ठोक्ने गरिन्छ । राष्ट्रपति रोड्रिगो डुटेर्टेले प्रहरी प्रशासनलाई ‘लकडाउन्’ उल्लंघन गर्नेलाई सिधै गोली हान्ने अधिकार दिएका छन् ।

अल जजिरा टेलिभिजनले प्रशारण गरेको एक रिपोर्टअनुसार गत आइतबार ‘लकडाउन्’ उल्लंघन गरेको अभियोगमा एक व्यक्तिलाई गोली हानी मारिएको छ ।

‘लकडाउन्’को उल्लंघन गरेबापत् गोली हान्ने कानून भएको एक मात्र मुलुक फिलिपिन्स हो । एजेन्सीको सहयोगमा-

|तस्वीरमा राष्ट्रपति रोड्रिगो। श्रोतः क्यासिनो|

प्रतिक्रिया दिनुहोस्