कोरोनाको महामारी : पाकिस्तानको पछिल्लो २४ घण्टाको अपडेट



२४ चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

त्यस्तै एकैदिन ६०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ७६६ पुगेको छ । संक्रमितमध्ये २५९ जना उपचारपछि निको भएका छन् भने ३ हजार ४५४ जना उपचाररत छन् ।

उपचाररत १७ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्