अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २५५ को मृत्यु, संक्रमितको संख्या ३ लाख ६७ हजार नाघ्यो



२५ चैत्र २०७६, काठमाडौँ

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ ।

पछिल्लो २४ घण्टामा १ हजार २५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ८७१ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार ३ सय ३१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ ।

संक्रमितमध्ये १९ हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् भने ८ हजार ८७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ३ लाख ३५ हजार ६८० जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्