अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्रीको स्वास्थ्य झन बिग्रिएपछि आइसीयूमा राखियो



२५ चैत्र २०७६, काठमाडौँ

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिट (आइसीयू) मा राखिएको छ ।

उनको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ । यद्यपि, उनी होशमा नै भएको जानकारी छ ।

जोनसोनलाई ११ दिन अघि कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि आइतबार नियमित चेकजाँचको क्रममा सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्