विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ हजार ६३५ नाघ्यो, १३ लाख ४५ हजार बढी संक्रमित, कुन देशमा कति ? (अपडेट)



२५ चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १३ लाख ४५ हजार ४८ पुगेको छ । एकै दिन ७१ हजार ९५८ जनामा संक्रमण देखिएको छ ।संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । पछिल्लो २४ घण्टामा १ हजार २५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ८७१ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार ३ सय ३१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । संक्रमितमध्ये १९ हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् भने ८ हजार ८७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ३ लाख ३५ हजार ६८० जना उपचाररत छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा ६३६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ५२३ पुगेको छ भने एकैदिन ३ हजार ५९९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३२ हजार ५४७ पुगेको छ । संक्रमितमध्ये २२ हजार ८३७ जना उपचारपछि निको भएका छन् । ३ हजार ८९८ जनाको अवस्था गम्भीर रहेकोे छ । संक्रमितमध्ये ९३ हजार १८७ जना उपचाररत छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७०० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ३४१ पुगेको छ । त्यस्तै एकैदिन ५ हजार २९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ६७५ पुगेको छ ।  संक्रमितमध्ये ४० हजार ४३७ जना उपचारपछि निको भएका छन् भने ६ हजार ९३१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८२ हजार ८९७ जना उपचाररत छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ८३३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ९११ पुगेको छ । एकैदिन ५ हजार १७१ जना नयाँ संक्रमित देखिएसँगै संक्रमितिको संख्या ९८ हजार १० पुगेको छ त्यस्तै संक्रमितमध्ये १७ हजार २५० जना उपचारपछि निको भएका छन् । ७ हजार ७२ जनाको अवस्था गम्भीर रहेको छ भने संक्रमितमध्ये ७१ हजार ८४९ उपचाररत छन् ।

भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।  एकैदिन ४८९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ हजार ७७८ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३७५ जना उपचारपछि निको भएका छन् भने ४ हजार २६७ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्