चलचित्रका प्राविधिकलाई नायिका पूजा शर्माले गरिन् २ लाखको खाद्यान्न सहयोग



२३ चैत्र २०७६, काठमाडौँ

लकडाउनका कारण समस्यामा परेका चलचित्रका प्राविधिकहरुलाई नायिका पूजा शर्माले २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने भएका छन् । यसअघि छक्का पञ्जा टिम, पल शाह लगायतका कलाकारले आफ्नो तर्फबाट प्राविधिकहरुलाई सहयोग गरिरहेका थिए ।

पूजाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै लकडाउनका कारण काम नभएर समस्यामा परेका प्राविधिकहरुलाई हामी सबैले सहयोग गर्न आश्यक रहेको बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘संकटको यो घडीमा मैले आफ्नो तर्फबाट नगद २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने जानकारी गराउँछु ।’

साथै उनले सरकारले गरेको लकडाउनको पालना गर्दै सबैलाई घरमै सुरक्षित रहनको लागि पनि आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्