‘आगामी हप्ता थप पीडादायी, सोचेभन्दा धेरैको मृत्यु हुनेछ’ : ट्रम्प



२३ चैत्र २०७६, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । अमेरिकामा संक्रमित व्यक्तिको संख्या नै बढी भएकाले आउँदो हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उनले बताए ।

आगामी सातासम्मको अवस्थालाई गम्भीर रुपमा चित्रत गरेका ट्रम्पले केही महत्वपूर्ण काम गर्न सकिए मृत्युदर कम हुन सक्ने समेत अपेक्षा गरेका छन् । ‘सायद यस साता र अर्को साताबीच सबैभन्दा कठिन समय हुनेछ । दुर्भाग्यवस धेरैको मृत्यु पनि हुनेछ,’ ट्रम्पले भने, ‘ सावधानी अपनाइए केही कम मृत्यु हुन सक्छ, तर मृत्यु निश्चित छ ।’

पछिल्लो विवरणमा अमेरिकामा कोरोनाभाइरसका कारण ८ हजार ४५२ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी मानिस कोरोना भाइरसले संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्