कोरोनाको उपचारबारे यस्तो पोष्ट गरेपछि ट्रोलको शिकार भए अमिताभ बच्चन



२३ चैत्र २०७६, काठमाडौँ

बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय रहिरहन्छन् । बेला बेलामा उनी सामाजिक सञ्जालमा विभिन्न पोष्टहरु गरिरहेका छन् । अहिले विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेकाले अमिताभले सामाजिक सञ्जालमा कोरोनाबाट सतर्क रहन सबैलाई अपिल गरिरहेका हुन्छन् ।

तर अहिले भने उनी आफैले गरेको ट्वीटको अनुसार विवादमा आएका छन् । उनले ट्वीटरमा कोरोनाको उपचारको लागि आयुष मन्त्रालय अगाडी आउनुपर्ने लेखेका छन् । उनले होमियोप्याथीबाट कोरोनाको उपचार सम्भब हुन सक्ने आशय राखेका थिए ।

यस अघि पनि उनि आफ्नो ‘तालीको भाइब्रेसनले कोरोना मर्छ’, ‘झिंगाबाट कोरोना फैलिन सक्छ’ जस्ता ट्विटको कारण ट्रोलको शिकार भैसकेका छन् र त्यतिबेला उनले आफ्नो ट्विट पनि मेटाउनु परेको थियो ।

तर यसबारे अमिताभले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्