कोरोनाबाट प्रभावित वृद्धवृद्धा र बालबालिकालाई बस्नको लागि शाहरुखले दिए आफ्नो अफिस रहेको ४ तल्ले भवन



२३ चैत्र २०७६, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खानले कोरोनाका कारण समस्यामा परेकाहरुको लागि निकै सहयोग गरिरहेका छन् । केहीदिन अघिमात्र उनले ५० हजार पीपीई देखि राज्यकोषमा रकमसम्मको सहयोग गरेका थिए । त्यसका साथै शाहरुखले ५ हजार परिवारको लागि खाद्य साम्रागी उपलब्ध गराउने पनि बताएका थिए ।

अहिले फेरि उनले अर्को सहयोग गरेका छन् । शाहरुखले भारतमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न आफ्नो अफिस क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले आफ्नो कार्यालयको चार तले भवनलाई क्वारेन्टाइन सेन्टर बनाउन प्रस्ताव गरेका छन् ।

वृद्धवृद्धा र बालबालिकाको सुरक्षाको लागि शाहरुखले आफ्नो अफिस रहेको भवन क्वारेन्टाइनको लागि दिन लागेको बताएका छन् । शाहरुखको यस्तो घोषणापछि अहिले उनको चौतर्फी चर्चा भैरहेको छ । सबैले उनले गरेको कामको प्रशंसा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्