‘लकडाउन्’ उल्लंघन गर्ने १,२८८ जना होल्ड्



२३ चैत्र २०७६, काठमाडौं

काठमाडौं उपत्यकाबाट ‘लकडाउन्’ उल्लंघन गर्ने झण्डै १३ सय जनालाई नियन्त्रणमा लिएर प्रहरीले होल्ड गराएको छ ।

आइतबार (आज) बिहान ८ बजेसम्म उपत्यकाका तीन जिल्लाबाट ‘लकडाउन्’ उल्लंघन गर्ने १२ सय ८८ जनालाई नियन्त्रणमा लिएर होल्ड गराइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

होल्ड गराइएकामध्ये १ हजार ४० पुरुष र २ सय ४८ जना महिला छन् । उनीहरुसँगै ६२ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले ‘लकडाउन्’लाई थप कडाइ गर्ने भन्दै एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जानसमेत रोक लगाएको छ ।

मुलुक विगत दुई सातादेखि ‘लकडाउन्’मा छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्