कोरोनाका कारण अमेरिकी बक्सअफिसलाई ६०० मिलियन डलर घाटा



२३ चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरसका कारण विश्व नै त्रासित छ । यसको प्रत्यक्ष असर फिल्म क्षेत्रमा पनि देखिएको छ । हाल विश्वका कुनै देशमा चलचित्र प्रदर्शन भएका छैनन् । जसका कारण फिल्म क्षेत्रलाई करौडको नोक्सान भैरहेको छ ।

यस्तै अमेरिकामा पनि कोरोनाको नराम्रो असर परेका कारण उत्तर अमेरिकी बक्सअफिसलाई ६०० मिलियन डलर घाटा भएको छ ।

सबै भन्दा घाटा भएको महिना मार्च हो, यो महिनामा अमेरिका र क्यानाडामा भाइरसको संक्रमण फैलिसकेको थियो । मार्च १९ सम्ममा दुवै देशका लगभग सबै फिल्म हलहरु बन्द भैसकेका थिए ।

जसका कारण हलमा चलचित्र रिलिज हुन पाएनन् र बक्सअफिसले धेरै घाटा सहनु परेको छ ।

फिल्म हलहरु कहिले खुल्छन् भन्ने केहि निश्चित भन्न सकिने अवस्था छैन र खुलिहाले पनि त्यसले आफ्नो गति समात्न अझ केहि समय त लिन्छ नै । यसैले गर्दा यो बर्ष फिल्म उद्योगले अकल्पनीय नोक्सान बेहोर्ने निश्चित जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्