कनिकाको स्वास्थ्यमा सुधार, कोेरोना संक्रमणको छैटौँ परीक्षण रिपोर्ट नेगेटिभ



२३ चैत्र २०७६, काठमाडौँ

करिब १५ दिनदेखि लखनउको अस्पतालमा उपचार गराइरहेकी कोरोना संक्रमित गायिका कनिका कपुरको स्वास्थ्यमा सुधार आएको छ । शनिबार उनको छैटौँ पटकको कोरोना टेस्ट रिपोर्ट आएको थियो ।

छैटौँ पटकको रिपोर्ट उनको नेगेटिभ आएको छ । डाक्टरहरुले अझै एकपटक उनको टेस्ट गर्न बाकिँ रहेको बताएका छन् । अब सातौ पटकको रिपोर्ट नेगेटिभ आएमा उनलाई डिस्चार्ज गरिने डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्