माहोल सामान्य भएपछि पुनः रिलिज गरिने श्रद्धा र टाइगरको ‘बागी ३’



ब२३ चैत्र २०७६, काठमाडौँ

मार्च ३ मा रिलिज भएको चलचित्र बागी ३ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको थियो । तर भारतमा कोरोनाको प्रभाव नराम्रोसँग परिसकेकाले दोस्रो हप्तामै कोरोनाका कारण चलचित्रको कमाइमा गिरावट आयो ।

ब्लकबस्टर हुने अनुमान लगाइएको बागी ३ कोरोनाका कारण धेरै दर्शकले हेर्न पनि पाएनन् । त्यसैकारण माहोल सामान्य भएपछि बागी ३ पुनः रिलिज हुने बताइएको छ । श्रद्धा कपुर र टाइगर श्राफको मुख्य भूमिका रहेको बागी ३ लाई दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए ।

बागी ३ सँगै इंलिस मिडियम चलचित्र पनि रिलिज गरिने बताइएको छ । उक्त चलचित्र मार्च १३ मा रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्