जनावरहरुलाई खाना खुवाउन १ लाख सहयोग गर्दै आयुष्मान-प्रियंका



२३ चैत्र २०७६, काठमाडौँ

कोरोनाका कारण अहिले नेपाललाई लकडाउन गरिएको छ । जसका कारण हामी मानिसकै भरमा निर्भर पशुपन्क्षी र जनावरको बेहाल भएको छ । उनीहरुले खाना खान पाइरहेका छैनन् ।

यस्तै नेपाली चलचित्र जगतका लोकप्रिय जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले जनावरलाई खाना खुवाउनको लागि १ लाख सहयोग गरेका छन् । ’वल्र्ड स्ट्रे एनिमल्स डे’ अर्थात् ’विश्व आवारा जनावर दिवस’ पारेर आयंका फाउण्डेशन मार्फत नव विवाहित दम्पत्तीले उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।

आयंका जोडीले ’एनिमल नेपाल’ नामक सस्थालाई एक लाख रुपैयाँ बराबरको चेक काटेका छन् । यो संगै एनिमल नेपालको ’एक कचौरा पानी, र एक कचौरा खाना’ अभियानमा पनि आयंका जोडीको साथ रहनेछ प्रियंकाले बताइन् ।

आयुष्मान र प्रियंकाले अरुलाई पनि आफ्नो घर वरपरका जनावरलाई खाना खुवाउन सबैलाई अपिल गरेका छन् । केही समय अघि नायिका बर्षा सिवाकोटीले पनि आफ्नो घर वरपरका जनावरलाई खाना खुवाउँदै अरुलाई पनि जनावरहरुलाई खाना खुवाउन अपिल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्