भारतका ५० स्वास्थ्यकर्मी कोरोना संक्रमित भए



२३ चैत्र २०७६, काठमाडौँ

भारतका ५० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । केही विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

भारतका अस्पतालहरूमा सुरक्षा उपकरण अभावका कारण डाक्टर र अन्य स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा रहेको बताइरहँदा ५० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएको सूचना बाहिरिएको हो ।

भारतमा आइतबार विहान सम्म कोरोना भाइरसको संक्रमणले ८६ जनाको मृत्यु भएको छ भने ३ हजार २७६ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्