पछिल्लो २४ घण्टामा फ्रान्समा १,०५३ ले ज्यान गुमाए



२३ चैत्र २०७६, काठमाडौँ

कोरोनाभाइरसको संक्रमणका कारण फ्रान्समा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ हजार ५३ पुगेको छ । यससँगै यहाँ हालसम्म मृतकको कूल संख्या ७ हजार ५ सय ६० पुगेको छ ।

एकैदिन ७ हजार ७ सय ८८ संक्रमित थपिएसँगै यहाँ कूल संक्रमितको संख्या ८९ हजार ९ सय ५३ पुगेको छ ।

संक्रमितमध्ये ६ हजार ८ सय ३८ को स्थिती गम्भीर छ । साथै, १५ हजार ४ सय ३८ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्