कोरोनासँगको महायुद्ध : अमेरिकामा एकैदिन १,०४८ को मृत्यु, ३४ हजार १ सय बढी संक्रमित थपिए



२३ चैत्र २०७६, काठमाडौँ

कोरोनाभाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४८ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३४ हजार १ सय ९६ जना संक्रमित पाइएका छन् । यहाँ हालसम्म संक्रमितको कूल संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगिसकेको छ जसमध्ये ८ हजार २ सय ६ जनाको स्थिती गम्भीर छ ।

अमेरिकामा हालसम्म १४ हजार ७ सय ४१ जना संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्