विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो, ६४ हजार ६ सय बढीको मृत्यु, कुन देशमा कति ? (अपडेट)



२३ चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख ३७२ पुगेको छ भने एकैदिन ५ हजार ५०१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ७५ पुगेको छ । संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख १० हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ८ हजार ४ सय बढीको ज्यान गएको छ । त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ । त्यस्तै इटालीमा १५ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने १ लाख २४ हजार बढी संक्रमित भएका छन् ।

जर्मनीमा पछिल्लो २४ घण्टामा १६९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ४४४ पुगेको छ भने संक्रमित हुनेको संख्या ९६ हजार ९२ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुकहरुमा पनि तीव्र देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्