छोरी र श्रीमती सुतिरहेको बेला आगो लगाएर श्रीमान फरार



२२ चैत्र २०७६, काठमाडौँ

सुनसरीमा छोरी र श्रीमती सुतिरहेको बेलामा आगो लगाएर श्रीमान फरार भएका छन् । बिहीबार राति आगो लगाएर श्रीमान सियाराम उराउ फरार भएका हुन् ।

सुनसरीको इनरुवा नगरपालिका- ८ बस्दै आएका सियारामले ३५ वर्षीय श्रीमती कमलकुमारी उराउ, सात वर्षीया छोरी प्रतिक्षा र चार वर्षीया छोरी प्रतिज्ञालाई आगो लगाएर फरार भएका हुन् ।

आगलागीबाट घाइते तीन जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । सामान्य विवाद पछि बिहीबार राति आगलागी गराएर सियाराम फरार भएका हुन् । बिरामीको गाउलेले उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्